सार्वजनिक सेवा प्रवाह र सङ्गठनहरु
– नीति निर्माणसंग सम्बन्धी निकाय
– अनुगमन र समन्वय सम्बन्धी निकाय
– सेवा प्रवाह वा अग्रपंक्तिका निकाय
– निगरानी निकाय
सेवा प्रवाहमा राज्य र अन्य निकायकोभूमिका
१. यी क्षेत्रमा राज्य वा सरकारले काम गर्दछ ः
– निजी वा अन्य क्षेत्रले गर्न नहुने कामहरु
– निजी वा अन्य क्षेत्रले गर्न नसक्ने कामहरु
– निजी वा अन्य क्षेत्रले गर्न नचाहने कामहरु
२. निजी क्षेत्र र सरका बाहिरका अन्य निकायले गर्ने काम
– आफ्नो क्षमता एवम्इच्छा अनुरुपका कार्य जसलाई राज्यले स्वीकृति
दिन्छ
सार्वजनिक सेवा प्रवाह गर्ने तरिका
– उत्पादन
– व्यवस्था
– अनुदान
– नियमन
– साझेदारी
सार्वजनिक सेवा प्रवाहका माध्यम
– सरकारी संगठन र यसका आंगिक संरचना
– विकेन्द्रीकरणका निकाय वा स्थानीय नागरिक संस्थाहरु
– सार्वजनिक संस्थान र उद्यमहरु
– स्वायत्त संस्थाहरु
– विशेष र तदर्थ संरचना (परियोजना, आयोग, समिति,कार्यदल आदि)
– गैरसकारी संस्था, सहकारी, सामुदायिक र नागरिक समाजका निकाय
– विकास साझेदार र अगैसस
– निजी सार्वजनिक साझेदारीका निकायहरु
– सार्वजनिक निकायका तर्फबाट काम गर्ने अन्य संरचनाहरु
– स्वयम् सेवी समाज र निजी क्षेत्र
सार्वजनिक सेवाका अन्तरनिहित कमजोरीहरु
– कतिपय सेवाहरु अदृश्य छन । तिनलाई परिमाणमा देखाउन कठिन छ ।
– व्यवस्थापक र अन्य कर्मचारीहरुमा व्यावसायिक गुणकोकमी छ ।
– प्रक्रियामुखी र नियन्त्रणमूलक छन । नियमावलीकोरोग छ ।
– प्राय सरकारी सेवा सरकारको एकाधिकार छ । ग्राहकहरुलाई चयन वा
विकल्पहरु छंदैं छैनन वा भएपनि अति कम छन ।
– सरकारी संगठन मानवीय कार्यजालो आधारित नभै पदसोपनमा आधारित छन
। पदसोपान पनि चेप्टोनभैठाडोछ ।
– उत्तरदायित्वको परीक्षण नियमितता र प्रक्रियामा गरिन्छ, परिणामलाई
कम ध्यान दिइन्छ ।
– संगठनकोउदेश्यमा वढी ध्यान दिइन्छ । ग्राहकलाई उपेक्षा गरिन्छ।
– सेवा प्रदायक र सेवाग्राहीबीच सम्वन्ध प्रष्ट र परिभाषित छैन ।
– जनतामा सार्वजनिक सेवा सूचनाकोपहूच पर्याप्त छैन ।
– कर्मचारीहरुकोकार्यशैली र संस्कार ग्राहकमुखी नभैअन्तर्मुखी छ ।
– ग्राहकहरुमा सेवा निगाहा होइन अधिकार होभन्नेचेतनाकोअभाव छ ।
– सेवा प्रदायकलाई सिधैसेवाग्राहीप्रति उत्तरदायी बनाउन सकिएकोछैन ।
– प्रशासकीय पद्घति परम्परावादी छ । व्यवस्थापनका राम्रा प्रयोग र निजी
क्षेत्रका उत्कृष्ट कार्यशैलीकोप्रयोग हुन सकेकोछैन ।
– उत्तरदायित्व जिम्मेवारी र अधिकार अग्रपंक्तिमा काम गर्ने कर्मचारीमा
प्रत्यायोजन नगरी केन्द्रीत गरिनेप्रवृत्ति छ ।
– कर्मचारीहरुकोमनोवृत्ति सर्वसाधारणभन्दा माथिल्लोवर्गकोहुँभन्ने छ ।
सरकारी सेवालाई कसरी प्रभावकारी बनाउने?
– चयन वा विकल्पको विस्तार गरेर
– प्रक्रियामा सुधार गरेर
– सेवाको मानदण्ड निर्धारण गरेर
– स्थान, दूरी र समयको अवरोध हटाएर
– सेवाग्राहीको संप्रभुता विस्तार मार्फत
– संरचनात्मक परिवर्तन गरेर । कार्य क्षमता (मानव स्रोत) विकास गरेर
– कार्यसंस्कृति परिवर्तन गरेर
– सिर्जनशीलतालाई प्रोत्साहन, उत्कृष्टतालाई पुरस्कार गरेर
– साझेदारी निर्माण । इमान्दरिता परीक्षण मार्फत
– सेवा वडा पत्र जारी गरेर
– एजेन्सीकरण र नया सार्वजनिक व्यवस्थापन गरेर

